नवलपुरको दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम
दलदले : कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याई गण्डकी प्रदेशमा बजार विस्तार गरेको छ।
राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमको जेठ १२ गते औपचारिक रूपमा उद्घाटन गरिएको हो।
शोरुमको उद्घाटन कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी केसीले संयुक्त रूपमा गरेका थिए।
उद्घाटनका अवसरमा निर्देशक अग्रवालले ठूला सहरहरूमा मात्र सीमित नभई स्थानीय समुदायहरूमा पनि कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनका विश्वस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सुरु गरिएको बताए।
नेपालभर १०० भन्दा बढी शोरुमहरूको बलियो सञ्जाल विस्तार गरिसकेको कजारियाले उन्नत प्रविधिको प्रयोग गरी देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको छ।
यो कम्पनी आईएसओ ९००१ र १४००१ प्रमाणित हुनुका साथै हालै नेपाल सरकारबाट 'एनएस क्वालिटी अवार्ड २०२६' समेत प्राप्त गर्न सफल भएको छ।
नयाँ शोरुममा उपभोक्ताहरूका लागि विभिन्न साइजका टिकाउ, आधुनिक र दाग प्रतिरोधी वाल तथा फ्लोर टायलका विविध बुट्टाहरू उपलब्ध गराइएको छ।
जेठ १४, २०८३ बिहीबार १३:३७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।