भृकुटीमण्डपमा टीभीएसको भव्य मेला: 'टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल'

भृकुटीमण्डपमा टीभीएसको भव्य मेला: 'टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल'

काठमाडौं : टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा सात दिने विशेष अटोमोटिभ मेला “टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल” घोषणा गरेको छ।

यो मेला जेठ १३ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको छ। नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकहरूका लागि यो मेला निकै सहज र ठूलो अवसर बन्ने कम्पनीले जनाएको छ।

नेपालकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे मेला दाबी गरिएको यस उत्सवमा ग्राहकहरूले एउटै छानामुनि विभिन्न व्यावसायिक र वित्तीय सुविधाहरू प्राप्त गर्न सक्नेछन्। 

मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर उत्कृष्ट मूल्यांकन दरमा नयाँ टीभीएससँग साटफेर गर्न सकिनेछ। यस्तै लास्टै कम मासिक किस्ता अन्तर्गत दैनिक मात्र १३९ रुपैयाँबाट न्यूनतम किस्ता योजना रहेको छ।

मेलामा छानिएका टीभीएसका विभिन्न मोडलहरूमा आकर्षक र तत्काल नगद छुट पाइनेछ भने नागरिकता र सवारी चालक अनुमति पत्र पेश गरेर तुरुन्तै ऋण स्वीकृत हुने व्यवस्था गरीएको छ। 

यस्तै, मेला अवधिभर खरिद गरिएका सबै मोडलका सवारीसाधनहरूमा आजीवन वारेन्टी उपलब्ध हुनुका साथै नयाँ सवारी खरिद गर्दा ग्राहकहरूले थप आवश्यक पार्टपुर्जा तथा सामग्रीहरू निःशुल्क पाउनेछन्।

यो मेला केवल व्यापारिक कारोबारमा मात्र सीमित नभई सम्पूर्ण परिवारका लागि एक उत्कृष्ट उत्सवको रूपमा तयार गरिएको कम्पनीले जनाएको छ। मेलामा आउने चालकहरूका लागि रोमान्चक राइडिङ प्रतियोगिता (सीप प्रदर्शन), नयाँ टीभीएस मोडलहरूको प्रत्यक्ष अनुभव लिनका लागि परीक्षण सवारी क्षेत्र, रमाइला खेलहरू खेल्नका लागि खेल क्षेत्रको व्यवस्थाका साथै विविध स्वादिष्ट परिकारहरूको स्वाद लिनका लागि खाद्य स्टलहरूसमेत राखिएको छ।

आयोजकका अनुसार सबै ग्राहक, परिवार तथा सवारी उत्साहीहरूका लागि मेलामा प्रवेश निःशुल्क गरिएको छ।

जेठ १४, २०८३ बिहीबार १३:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।