नेपाल टेलिकमको गणतन्त्र दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा प्याकेज

नेपाल टेलिकमको गणतन्त्र दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा प्याकेज

काठमाडौं : नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर’ सार्वजनिक गरेको छ।

यो अफर जेठ १४ गतेदेखि १६ गतेसम्म खरिद गर्न सकिनेछ। यस अफर अन्तर्गत ३० दिनको समयावधि रहने गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइएको छ।

न्यु इयर लाइट नाम दिइएको यो प्याकेजमा रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन मिल्नेछ।

यस्तै न्यु इयर प्रिमियम नाम दिइएको प्याकेजमा  रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ। दैनिक १० जीबीको सीमा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा यो प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ।

ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत यो प्याकेज खरिद गर्न सक्ने प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

जेठ १४, २०८३ बिहीबार १३:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।