सामसङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, किस्ताबन्दी सुविधासहित डेटा बोनस

सामसङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, किस्ताबन्दी सुविधासहित डेटा बोनस

काठमाडौं : सामसङ नेपालले ग्राहकहरूका लागि पुरानो मोबाइल साटेर सजिलै नयाँ स्मार्टफोन लिन मिल्ने विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक गरेको छ।

यो योजना मे २७ देखि जुन ३० सम्म देशभरिका आधिकारिक सामसङ स्टोरहरूमा लागू हुनेछ।

यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइलको मूल्याङ्कनसँगै थप ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

साथै, नयाँ फोन खरिद गर्दा मोडल हेरी २३ हजार रुपैयाँसम्मको निश्चित छुट र ० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ब्याजदरबिनाको किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ।

नयाँ ग्यालेक्सी एस२६ सिरिज खरिद गर्दा १० हजारदेखि २३ हजार रुपैयाँसम्मको निश्चित छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस पाइनेछ।

त्यस्तै, ग्यालेक्सी ए५७ र ए३७ खरिद गर्दा ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस प्राप्त हुनेछ। यसका साथै नयाँ फोन खरिदकर्ताले एनसेलको निश्चित प्याक रिचार्जमा बढीमा १८० जीबीसम्मको बोनस डेटा पनि प्राप्त गर्नेछन्।

जेठ १४, २०८३ बिहीबार १३:१४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।