तोलामा साढे ५ हजार रूपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा पाँच हजार पाँच सय र चाँदी दुई सय १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदी चार हजार आठ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रूपैयाँमा कारोबार भएको थियो।
जेठ १४, २०८३ बिहीबार ११:०२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।