नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ६ अर्ब नाघ्यो
काठमाडौं : बुधबार सेयर बजार बढेको छ। नेप्से परिसूचक ४.९९ अङ्कले बढेर २७८२ विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज छ अर्ब तीन करोडको कारोबार भयो। मंगलबार चार अर्ब ८५ करोडको कारोबार भएको थियो।
१५१ कम्पनिको सेयर मूल्य बढ्दा १०५ को घट्यो भने १४ को स्थिर रह्यो।
बैंकिङ ०.२७, विकास बैंक ०.१३, जलविद्युत् ०.०६, लगानी ०.५८, जीवन बीमा ०.६८, माइक्रोफाइनान्स ०.२९, म्युचुअल फन्ड ०.३९, निर्जीवन बीमा ०.५४, व्यापार ०.७३ प्रतिशत बढेका छन्।
यसदिन फाइनान्स ०.४४, होटल तथा पर्यटन ०.०५, उत्पादन तथा प्रशोधन ०.४७ र अन्य ०.३० प्रतिशत घटेका छन्।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९८ र बुंगल हाइड्रोको मूल्य १४.८८ प्रतिशत बढेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन्।
जेठ १३, २०८३ बुधबार १५:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।