नेपाली बजारमा शाओमीको नयाँ 'रेड्मी प्याड २ ९.७' सार्वजनिक
काठमाडौं : प्रविधि उत्पादक कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ ट्याब्लेट ‘रेड्मी प्याड २ ९.७’ सार्वजनिक गरेको छ।
४ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध यस ट्याब्लेटको मूल्य नेपाली बजारमा २५ हजार ९९९ रुपैयाँ तोकिएको छ।
ग्राफाइट ग्रे र सिल्भर रङमा उपलब्ध यस ट्याब्लेटमा ९.७ इन्चको २के क्रिस्टल-क्लियर डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट रहेको छ।
मजबुत बनावटका लागि ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ डिजाइनमा तयार पारिएको यस ट्याब्लेटको तौल ४०६ ग्राम रहेको छ। यसमा कार्यसम्पादनका लागि अक्टा-कोर प्रोसेसर र शाओमी हाइपरओएस ३ सञ्चालन प्रणाली राखिएको छ।
दीर्घकालीन प्रयोगका लागि यस ट्याब्लेटमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ७,६०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। तस्बिर तथा भिडियोका लागि यसमा ८ एमपीको रियर क्यामरा र ५ एमपीको फ्रन्ट क्यामरा उपलब्ध छ।
मनोरञ्जनका लागि हाई-रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स, ३.५ एमएमको हेडफोन ज्याकका साथै सुरक्षाका लागि एआई फेस अनलक जस्ता विशेषताहरू यसमा समावेश गरिएका छन्।
जेठ १३, २०८३ बुधबार १४:२५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।