सुनको मूल्य तोलामा एक हजारले घट्दा चाँदी भने महंगियो

सुनको मूल्य तोलामा एक हजारले घट्दा चाँदी भने महंगियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।  

मंगलबारको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय
रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदी तोलामा २० रुपैयाँले बढेर पाँच हजार ८० रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको थियो।

जेठ १३, २०८३ बुधबार ११:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।