महालक्ष्मी विकास बैंकको आयोजनामा जेठ १७ देखि ‘कर्पोरेट क्रिकेट लिग’ हुने

महालक्ष्मी विकास बैंकको आयोजनामा जेठ १७ देखि ‘कर्पोरेट क्रिकेट लिग’ हुने

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३२औं वर्ष प्रवेशको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ (संस्करण ५)’ आयोजना गर्ने भएको छ।

यो प्रतियोगिता यही जेठ १७ गतेदेखि २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ।

प्रतियोगितामा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र मर्चेन्ट बैंकका गरी कुल २४ टोलीको सहभागिता रहनेछ।

लिग कम नकआउट ढाँचामा खेलाइने यस प्रतियोगितामा १० ओभर प्रतिइनिङ्सका कुल ४५ खेलहरू हुनेछन्। सहभागी टोलीहरूलाई ६ समूहमा विभाजन गरी प्रत्येक समूहको उत्कृष्ट एक टोलीलाई ‘सुपर सिक्स’मा प्रवेश गराइनेछ।

पूर्व-प्रतियोगिता कार्यक्रममार्फत खेलको टाइसिट, विजेता ट्रफी र टोलीहरूको जर्सी सार्वजनिक भइसकेको छ।

जेठ १७ गते उद्घाटन हुने यस प्रतियोगिताको समापन जेठ २२ गते गरिनेछ। खेलहरूको प्रत्यक्ष प्रसारण बैंकको आधिकारिक युट्युब च्यानल र नेवा टेलिभिजनमार्फत हेर्न सकिनेछ।

जेठ १३, २०८३ बुधबार १०:५८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।