नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। नेपाल लाइफले आफ्ना सञ्चालक समिति, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूका लागि यो प्रशिक्षण आयोजना गरेको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरिकुमार नेपालले प्रशिक्षण दिएका थिए। उनले बीमा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू, नियामकका निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया र शंकास्पद कारोबार पहिचानका विषयमा विस्तृत जानकारी प्रस्तुत गरे।

प्रशिक्षणका क्रममा कम्पनीका सञ्चालक कमलेस कुमार अग्रवालले संस्थागत सुशासन र जोखिम व्यवस्थापनका लागि प्रभावकारी अनुपालन महत्त्वपूर्ण रहेको बताए। यस्तो अभ्यासले कम्पनीलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनहरूको व्यावहारिक कार्यान्वयनको महत्त्वमा जोड दिए। नियामककीय आवश्यकताहरूलाई केवल नीतिगत तहमा मात्र सीमित नराखी दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू गरिरहेको उनले जानकारी दिए।  

जेठ १२, २०८३ मंगलबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।