सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग
वीरेन्द्रनगर : एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई खानेपानीको ट्यांकी तथा मोटर सहयोग गरेको छ।
विद्यालयमा खानेपानी व्यवस्थापन गरी शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले यी सामग्रीहरू जडान गरिदिएको हो।
बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले गत जेठ ८ गते आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई उक्त सामग्रीहरू जडान गरी हस्तान्तरण गरे।
१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा उपलब्ध गराएको सहयोगले स्वच्छ खानेपानीको व्यवस्थापन थप प्रभावकारी हुने बैंकले विश्वास लिएको छ। यसबाट विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सहजता आउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार डिजिटल बैंकिङका साथै सामाजिक क्षेत्रमा पनि बैंकले आफ्नो उपस्थिति र सहयोगलाई निरन्तरता दिँदै आएको छ।
जेठ १२, २०८३ मंगलबार १९:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।