सानेपामा सञ्चालनमा आयो पोकोको नयाँ सर्भिस सेन्टर
काठमाडौं : रमेश कर्पअन्तर्गतको टेलिटकले ललितपुरको सानेपास्थित रमेश कम्प्लेक्समा पोकोको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
पोको स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरू प्रयोग गर्ने आधिकारिक बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले यो सेन्टर सञ्चालनमा ल्याइएको हो।
नयाँ सर्भिस सेन्टरबाट डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत तथा नियमित मर्मतसम्भार जस्ता प्राविधिक सुविधाहरू प्राप्त गर्न सकिनेछ। सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक उपकरण र गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
नेपालमा स्मार्टफोनको प्रयोग बढ्दो क्रममा रहेकाले गुणस्तरीय बिक्रीपछिको सेवा सुनिश्चित गर्न सानेपाको सहज पहुँचयुक्त स्थानमा यो सुविधा विस्तार गरिएको टेलिटकले उल्लेख गरेको छ।
सर्भिस सेन्टर उद्घाटनका अवसरमा टेलिटकका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्नु नै कम्पनीको प्रमुख उद्देश्य रहेको बताए। उनले नेपालमा पोको ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
जेठ १२, २०८३ मंगलबार १८:५६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।