मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ नवीकरण अब एपबाटै

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ नवीकरण अब एपबाटै

काठमाडौं : मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ सेवा एपमार्फत नै नवीकरण गर्न सकिने ‘सेल्फ-रिन्यु’ सुविधा सुरु गरेको छ। बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘मुक्तिनाथ फाइदा एप’मा यो नयाँ फिचर थप गरेको हो।

यसअघि मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंकको शाखा कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकोमा अब त्यो बाध्यता हटेको बैंकले जनाएको छ। 

नयाँ व्यवस्थाअनुसार एपमा लगइन गरेपछि मोबाइल बैंकिङको अवधि समाप्त भएको अवस्थामा ‘Expiry Pop-up’ देख्नेछन्। त्यसपछि ‘Renew Now’ मा क्लिक गरी नवीकरण शुल्कसम्बन्धी जानकारी लिई ‘Transaction Pin’ प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुनेछ।

नवीकरण सुविधाका साथै बैंकले सोही एपमार्फत आफ्नो व्यक्तिगत विवरणहरू जस्तै: राष्ट्रिय परिचयपत्र (NID), प्यान (PAN) र इमेल ठेगाना समेत आफैँ अपडेट गर्न सकिने व्यवस्था मिलाएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहक-मैत्री बनाउन यो सुविधा ल्याइएको जानकारी दिए। 'जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ' भन्ने मूल नाराका साथ प्रविधिमार्फत सेवाहरू सहज बनाउँदै लगेको बैंकको भनाइ छ।

जेठ १२, २०८३ मंगलबार १८:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।