अण्डाको मूल्य फेरि बढ्यो
काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ।
संघले मंगलबारदेखि नै लागू हुने गरी अण्डाको नयाँ बिक्री मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ। यसैगरी, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ, मिडियम अण्डाको ५०० रुपैयाँ र सानो अण्डाको मूल्य ४०० रुपैयाँ तोकिएको छ।
यसअघि ४ जेठदेखि लागु भएको दरमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५३०, ठूलो अन्डाको ५१५, मिडियम अन्डाको ४८५ र सानो अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएको थियो ।
अन्डाको उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत राखिएको छ।
बजारमा अण्डाको माग उच्च रहेको तर सोही अनुपातमा उत्पादन नभएको कारण देखाउँदै संघले सातापिच्छे अन्डाको मूल्य बढाउँदै आएको छ।
जेठ १२, २०८३ मंगलबार १६:०४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।