९ अंकले घट्यो सेयर बजार, ४ अर्ब ८५ करोडको कारोबार

९ अंकले घट्यो सेयर बजार, ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ। सोमबार २७.८५ अङ्कले बढेको नेप्से परिसूचक मंगलबार ९.२४ अङ्कले घटेको छ। यसदिन बजार ०.३३ प्रतिशतले घटेर  २७७७ विन्दुमा कायम भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज चार अर्ब ८५ करोडको कारोबार भयो। शुक्रबार पाँच अर्ब ९८ करोडको कारोबार भएको थियो। 

६९ कम्पनिको सेयर मूल्य बढ्दा १९० को घट्यो भने ११ को स्थिर रह्यो। 

यसदिन म्युचुअल फन्ड र निर्जीवन बीमाबाहेक सबै समूहका उपसूचक घटेका छन्। म्युचुअल फन्ड ०.२५ र निर्जीवन बीमा ०.३५ प्रतिशत बढेका छन्।

बैंकिङ ०.२४, विकास बैंक ०.४८, फाइनान्स ०.४४, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.३८, लगानी ०.६९, जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४७, माइक्रोफाइनान्स ०.५६, व्यापार ०.१२ अन्य ०.०६ प्रतिशत घटेका छन्। 

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, साहस उर्जा, ङादी ग्रुप र अपी पावर छन्।

जेठ १२, २०८३ मंगलबार १५:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।