घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।  

सोमबारको तुलनामा आज सुन तोलामा  एक हजार तीन सय र चाँदी ९० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला  दुई लाख ९१ हजार पाँच सय
रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदी तोलामा पाँच हजार ६० रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

जेठ १२, २०८३ मंगलबार ११:२७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।