सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ वटा सामुदायिक विद्यालयहरूलाई एक-एक थान इन्टर्याक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो।

शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक र गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले बैंकले यो सहयोग गरेको जनाएको छ।

यस प्रविधिमैत्री पहलबाट तनहुँका १२ सामुदायिक विद्यालयका वार्षिक १५ सयभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ।

स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठाको शिक्षण सिकाइलाई दृश्य र अन्तर्क्रियात्मक बनाउनुका साथै भिडियो, चित्र र डिजिटल सामग्रीका माध्यमबाट विद्यार्थीहरूलाई विषयवस्तु सहज रूपमा बुझ्न मद्दत पुग्नेछ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दीपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यु.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

जेठ १२, २०८३ मंगलबार ०९:१०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।