गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण
काठमाडौं : गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिवसीय वृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको परामर्शदाता संस्था ‘ए.एम.एल नेपाल प्रा.लि.’ को सहजीकरणमा जेठ ८ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा सो कार्यक्रम आयोजना गरिएको थियो।
पुँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिम न्यूनीकरण गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
प्रशिक्षणमा नेपालको प्रचलित सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकद्वारा जारी नवीनतम निर्देशिकाहरू, शङ्कास्पद कारोबार पहिचान गर्ने तरिकाहरू र संस्थागत सुशासनका विविध पक्षहरूमा केन्द्रित रही छलफल गरिएको थियो।
कार्यक्रममा ए.एम.एल नेपालका वरिष्ठ अनुपालन विज्ञहरूले ग्राहक पहिचान सम्बन्धी नियमहरू र वास्तविक घटनाका अध्ययनहरू प्रस्तुत गर्दै व्यावहारिक उपायहरूबारे जानकारी दिएका थिए।
गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले पारदर्शिता, संस्थागत सुशासन र सुरक्षित लगानी वातावरण कायम राख्न कम्पनी सधैं प्रतिबद्ध रहेको बताए।
जेठ १२, २०८३ मंगलबार ०९:०७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।