सोमबार ११ जेठ, २०८३
सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त
काठमाडौं : सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिले हाल नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका केसीलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सीईओ केसीको कार्यकाल जेठ ११ गतेदेखि लागू हुनेछ। चार्टर्ड एकाउन्टेण्ट केसीसँग बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको कार्यअनुभव छ। उनले यसअघि विभिन्न वित्तीय संस्थाको कार्यकारी तहमा ७ वर्षभन्दा बढी समय जिम्मेवारी सम्हालिसकेका छन्।
जेठ ११, २०८३ सोमबार १६:३६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।