चौधरी ग्रुपद्वारा २६३ कर्मचारी सम्मानित
काठमाडौं : चौधरी ग्रुपले आफ्ना विभिन्न व्यावसायिक इकाइमा लामो समयदेखि कार्यरत २६३ कर्मचारीहरूलाई सम्मान गरेको छ। ‘एम्प्लोयी सर्भिस माइलस्टोन रिकग्निसन प्रोग्राम’मार्फत कर्मचारीहरूको दीर्घ सेवा र योगदानको कदर गरिएको हो।
'अनरिङ माइलस्टोन्स, सेलिब्रेटिङ यू' नाराका साथ आइतबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा १० वर्ष र २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान प्रदान गरियो। त्यसैगरी, तीन वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई पनि कदर पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निर्देशक सारिका चौधरीले कर्मचारीहरूलाई सम्मान वितरण गरेका थिए। सो अवसरमा प्रबन्ध निर्देशक चौधरीले कर्मचारीहरू नै संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै उनीहरूको मेहनत र निष्ठाकै कारण ग्रुपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेको बताए।
कर्मचारीमैत्री कार्यसंस्कृति र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको चौधरी ग्रुपले जनाएको छ।
जेठ ११, २०८३ सोमबार १६:१४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।