चार दशकदेखि प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा केन्द्रित लिटिल एन्जल्स
ललितपुर : ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलले स्थापनाको चार दशकदेखि प्रविधिमैत्री र गुणस्तरीय शिक्षालाई निरन्तरता दिइरहेको छ।
सन् १९८१ मा स्थापना भएको स्कुलले आधुनिक पूर्वाधार र हरित वातावरणका माध्यमबाट विद्यार्थीको शैक्षिक तथा समग्र विकासमा जोड दिइरहेको छ।
सन् १९९७ देखि कक्षा ११ र १२ (विज्ञान, व्यवस्थापन र ए-लेभल) को अध्यापन सुरु गरेको स्कुलले हाल स्नातक तहसम्मका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। विगत २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थाभित्र पर्न सफल लिटिल एन्जल्सले आफ्नो नतिजालाई समेत उच्च राख्दै आएको छ।
विद्यालयले शिक्षण पद्धतिमा नवीन प्रविधि, स्मार्ट कक्षाकोठा र अन्तर्राष्ट्रिय मापदण्डको पाठ्यक्रमलाई प्राथमिकता दिएको छ। वातावरणमैत्री सेवाअन्तर्गत स्कुलले इलेक्ट्रिक गाडीको प्रयोग र हरियालीयुक्त परिसरलाई विशेष महत्त्व दिएको छ।
विद्यार्थीको बौद्धिक विकासका साथै शारीरिक र सामाजिक विकासका लागि उत्कृष्ट आवासीय व्यवस्था, फराकिलो खेलमैदान र अतिरिक्त क्रियाकलापका पूर्वाधारहरू उपलब्ध रहेको विद्यालय प्रशासनले जनाएको छ।
जेठ ११, २०८३ सोमबार १६:०७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।