२७ अंकले बढ्यो नेप्से, करिब ६ अर्बको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक २७.८५ अङ्कले बढेर २७८६ विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज पाँच अर्ब ९८ करोडको कारोबार भयो। शुक्रबार चार अर्ब ४८ करोडको कारोबार भएको थियो।
२३५ कम्पनिको सेयर मूल्य बढ्दा २८ को घट्यो भने सातको स्थिर रह्यो।
यसदिन म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक बढेका छन्। म्युचुअल फन्ड ०.२० प्रतिशत घटेको छ।
जलविद्युत् समूह सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ।
बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५ र व्यापार ०.३२ अन्य १.२३ प्रतिशत बढेका छन्।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, अपी पावर, नेसनल हाइड्रोपावर र ङादी ग्रुप छन्।
जेठ ११, २०८३ सोमबार १५:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।