बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। 

आइतबारको तुलनामा आज सुन तोलामा एक हजार नौ सय र चाँदी एक सय ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदी तोलामा पाँच हजार एक सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको थियो।

जेठ ११, २०८३ सोमबार ११:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।