घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आज सुन तोलामा दुई हजार आठ सय र चाँदी एक सय पाँच रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदी तोलामा पाँच हजार १० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार एक सय १५ रूपैयाँमा कारोबार भएको थियो।
जेठ १०, २०८३ आइतबार ११:०१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।