ट्रिप टर्बो र अगोडाबीच साझेदारी: अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

ट्रिप टर्बो र अगोडाबीच साझेदारी: अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

काठमाडौं : नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म ‘अगोडा’सँग रणनीतिक साझेदारी गरेको छ।

यस साझेदारीसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामै सहज रूपमा बुकिङ गर्न सक्नेछन्।

यसबाट नेपाली प्रयोगकर्ताहरूले अगोडाको विश्वव्यापी सञ्जालमा रहेका लाखौँ होटल तथा आवास सुविधाहरूमा सीधा पहुँच पाउनेछन्।

नेपालमा ५ लाखभन्दा बढी डाउनलोड भइसकेको ‘ट्रिप टर्बो’ र संसारभर ६० लाखभन्दा बढी प्रोपर्टीहरूमा सेवा प्रदान गरिरहेको ‘अगोडा’ बीचको यो सहकार्यले नेपालीहरूको अन्तर्राष्ट्रिय यात्रालाई थप सहज र भरपर्दो बनाउने कम्पनीले विश्वास लिएको छ।

जेठ ९, २०८३ शनिबार १०:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।