सिजी डिजिटलले ल्यायो एकै छाना मुनी सबै ब्रान्डको अवधारणा, विश्वकप लक्षित सजिलो फाइनान्स सुविधा
काठमाडौं : चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्सको सिजी डिजिटलले एकै छानामुनि सबै ब्रान्डको अवधारणा ल्याएको छ। नेपालभर २८ अत्याधुनिक शोरूमको सञ्जाल रहेको यसले सिजी र एलजीको विभिन्न ब्रान्डहरू एकै थलोमा उपलब्ध गराएको हो।
उसले ग्राहकहरूलाई आधिकारिक र उच्च गुणस्तरीय ब्रान्डहरू मात्र उपलब्ध गराउँदै आएको र एकै स्थानमा धेरै ब्रान्डहरू उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकता अनुसार सजिलै तुलना गरेर निर्णय लिन सक्ने भएकाले यो अवधारणा ल्याएको बताएको छ।
कम्पनीले आगामी विश्वकप लक्षित गरेर सजिलो फाइनान्स सुविधा समेत ल्याएको सार्वजनिक गरेको छ। उत्कृष्ट ब्रान्डका टिभी तथा होम एप्लायन्सेसहरू अझ सहज र किफायती मूल्यमा किन्न सजिलो फाइनान्स सुविधा ल्याएको कम्पनीले जानकारी दिएको छ।
जेठ ८, २०८३ शुक्रबार १८:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।