डेडी थुम्का माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई कृषि विकास बैंकले स्कुल ब्याग दियो
काभ्रे : कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयका २ सय ३२ जना बालबालिकाहरूलाई स्कुल ब्याग दिएको छ।
स्थानीय दनुवार, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयमा स्रोतको अभाव देखिएपछि बैंकले ब्याग दिएको हो।
कार्यक्रममा ब्याग हस्तान्तरण गर्दै कृषि विकास बैंकका सञ्चालक विनोद कुमार गुरागाईँले गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए।
उनले विद्यालयसँग दीर्घकालीन समझदारी गरी गरिब विद्यार्थीहरूको दक्षता वृद्धिका लागि थप कार्य गर्न बैंक उत्सुक रहेको बताए।
बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईँले शैक्षिक सामग्री प्राप्त गर्दा विद्यार्थीहरूमा देखिएको उत्साह र आवश्यकताले बैंकले सही स्थान छनोट गरेको पुष्टि भएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले विभिन्न स्रोत संकलन गरी विद्यालयको हितका लागि कार्य गर्न पाउँदा खुसी लागेको बताए।
जेठ ८, २०८३ शुक्रबार १८:१६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।