महिला साफ च्याम्पियनसिपको लाइभ प्रसारण 'डीजीओ'मा

महिला साफ च्याम्पियनसिपको लाइभ प्रसारण 'डीजीओ'मा

काठमाडौं : नेपालको डिजिटल प्लेटफर्म 'डीजीओ'ले महिला साफ च्याम्पियनसिप २०२६ को आधिकारिक प्रसारण अधिकार प्राप्त गरेको छ। 

भारतमा आगामी जेठ ११ देखि जेठ २२ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको नेपालका लागि आधिकारिक प्रसारण साझेदारका रूपमा डीजीओले सम्झौता गरेको हो।

यसअघि आगामी फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकार प्राप्त गरिसकेको यस प्लेटफर्मले महिला साफलाई पनि आफ्नो प्रसारण सूचीमा थपेको छ।

डीजीओका स्पोर्ट्स हेड बिपुल भट्टराईले नेपाली फुटबल समर्थकका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले स्थानीय फुटबल, फिफा विश्वकप र काभा भलिबल जस्ता विभिन्न खेलकुद प्रतियोगिताहरूलाई एउटै प्लेटफर्ममा समेटेर खेलप्रेमीका लागि सुलभ पहुँच बनाउने लक्ष्य रहेको जानकारी दिए।

डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको क्षेत्रमा सक्रिय यस प्लेटफर्मले पछिल्लो समय प्रमुख खेल प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारणमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ।

जेठ ८, २०८३ शुक्रबार १४:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।