रास्वपा सांसद लिमाको सरकारलाई प्रश्न: समयमा पैसा नपाउने किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन्?

रास्वपा सांसद लिमाको सरकारलाई प्रश्न: समयमा पैसा नपाउने किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन्?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरिन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरेकी हुन्।

“किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्यौट गर्ने कानुनी ग्यारेन्टी गरियोस्”, उनले भनिन्।

किसानले दूध, उखु, धान, लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो।

मकवानपुरका दूध उत्पादक किसानको १४ करोडभन्दा बढीको भुक्तानी बाँकी रहेको र यो एउटा जिल्लाको मात्र नभई देशभरका उखु, दूध, धानलगायतका किसाहरुको साझा नियति रहेको उनले बताइन्।

“जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ-वर्षौं कुर्नुपर्छ। उसले गाई–भैँसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ?”

जेठ ७, २०८३ बिहीबार १४:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।