प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्रमा नेतृत्वका लागि दरखास्त आह्वान

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्रमा नेतृत्वका लागि दरखास्त आह्वान

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न तीनवटा सञ्चार सम्बद्ध महत्वपूर्ण निकायका रिक्त शीर्ष पदहरूमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो।

यी तीनवटै निकायमा रिक्त रहेका पदहरूमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक-एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिने मन्त्रालयले जनाएको छ। इच्छुक र योग्य व्यक्तिहरूले जेठ १८ गते सोमबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेश गरिसक्नु पर्नेछ।

दरखास्तका लागि आवश्यक पर्ने फाराम, उम्मेदवारको न्यूनतम योग्यता, संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू तथा अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

मन्त्रालयले ती पदहरूमा दक्ष र अनुभवी नेतृत्व चयन गर्ने उद्देश्यले यो प्रक्रिया अगाडि बढाएको हो। यस सम्बन्धी विस्तृत सूचना आजको गोरखापत्र दैनिकमा समेत प्रकाशित गरिएको छ।

जेठ ७, २०८३ बिहीबार ०९:३३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।