३० अंकले बढ्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

३० अंकले बढ्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से ३०.०८ अंकले घटेर २७५४ विन्दुमा कायम भएको छ। 

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। आज ३ अर्ब ८२ करोडको कारोबार भयो। मंगलबार ३ अर्ब ८ करोड करोडको कारोबार भएको थियो। 

२४८ कम्पनीको मूल्य बढ्दा २१ को घट्यो भने एकको स्थिर रह्यो।

आज सबै समूहका उपसूचक बढेका छन्।

हाइड्रोपावर र होटल तथा पर्यटन सबैभन्दा धेरै १.८९ प्रतिशत बढे। बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशत बढे।

अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ११.८८  प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशत घटेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर छन् ।

जेठ ६, २०८३ बुधबार १५:३१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।