घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। 

मंगलबारको तुलनामा आज सुन तोलामा तीन हजार तीन सय र चाँदी एक सय २५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार तीन सयमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा एक सय २५ रुपैयाँले घटेर चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

जेठ ६, २०८३ बुधबार ११:१६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।