प्रतिनिधि सभा बैठक बस्दै, निर्वाचन र मतदाता नामावली सम्बन्धी विधेयक पेश गर्ने सम्भावित कार्यसूची
काठमाडौं : सङ्घीय संसद् प्रतिनिधि सभाको आगामी बैठकमा दुईवटा महत्त्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत हुने भएका छन्।
संसद् सचिवालयले सार्वजनिक गरेको बुधबारको सम्भावित दैनिक कार्यसूची अनुसार निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित विधेयकहरू सदनमा पेश गर्न लागिएको हो। बैठक विहान ११ बजे बस्नेछ।
सचिवालयका अनुसार, प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरी सदनमा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै मन्त्री गौतमद्वारा मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३: यसैगरी, मतदाता नामावलीसँग सम्बन्धित संशोधन विधेयक पनि सोही दिन सदनमा पेश गरिने संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।
जेठ ६, २०८३ बुधबार ०७:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।