प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजेदेखि सुरू हुने, उपस्थितको व्यवस्था मिलाउन पत्र

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजेदेखि सुरू हुने, उपस्थितको व्यवस्था मिलाउन पत्र

काठमाडौं : नेपालको प्रधानन्यायाधीश पदका लागि प्रस्तावित डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ।

संघीय संसद्‌को संसदीय सुनुवाइ समितिले मंगलबार दिउँसो साढे १ बजेका लागि सुनुवाइको समय तय गरेको हो।

समितिको आजै बसेको निर्णयानुसार प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको हो।

समितिका सचिव तुल बहादुर कँडेलका अनुसार संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम यो सुनुवाइ हुन लागेको हो।

सुनुवाइ कार्यक्रम सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्ष (भवन नं. १, कोठा नं. ४११) मा आयोजना गरिएको छ।

समितिको बैठकमा उपस्थित भई आफ्नो कार्ययोजना प्रस्तुत गर्न र सांसदहरूका प्रश्नको जवाफ दिन प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई आमन्त्रण गरिएको छ।

संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

​​​​​​​

जेठ ५, २०८३ मंगलबार ११:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।