मंगलबार ०५ जेठ, २०८३
सामान्य बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
सोमबारको तुलनामा आज सुन तोलामा पाँच सय र चाँदी ४५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार तीन सय कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार आठ सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर पाँच हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
जेठ ५, २०८३ मंगलबार ११:०५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।