दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ
काठमाडौं : मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार वीरगन्जबाट पक्राउ गरेको छ।
मंगलबार वीरगन्जमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि त्यहाँ पुगेका प्रसाईंलाई एक होटलबाट जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई केही विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो। यद्यपि सोधपुछको विस्तृत विषय भने प्रहरीले खुलाएको छैन।
प्रसाईं नेतृत्वको महाअभियानले मंगलबारका लागि वीरगन्जमा कार्यक्रम तय गरेको थियो। विवादास्पद अभिव्यक्तिका कारण विवादमा आइरहने प्रसाईं बेलाबेलामा पक्राउ पर्ने र हरेक पटक अदालती प्रक्रियामार्फत रिहा हुँदै आएका छन्।
जेठ ४, २०८३ सोमबार २१:५५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।