नीतिगत सुधारका लागि कांग्रेसले बनायो १२ उपसमिति

नीतिगत सुधारका लागि कांग्रेसले बनायो १२ उपसमिति

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ।

पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न सोमबार १२ उपसमिति गठन गरेका हुन्।

उनले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डा गोपाल दहित (सुकुमबासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि), विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा (पूर्व तयारी, उद्धार र पुनर्स्थापनाका लागि), मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारीलाई जिम्मेवारी दिएका छन्।

यसैगरी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई. दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा र शिक्षालय नीति उपसमितिमा डा कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ।

यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

उनले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन्।  

जेठ ४, २०८३ सोमबार १७:२१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।