सोमबार ०४ जेठ, २०८३
सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
आइतबारको तुलनामा आज सुन तोलामा आठ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार आठ सय कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
जेठ ४, २०८३ सोमबार १०:५३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।