तारकेश्वरको जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन
काठमाडौं : विश्वविख्यात टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
‘हरि ओम टंकेश्वर हार्डवेयर’ सँगको साझेदारीमा सञ्चालित यस शोरुमको वैशाख ३१ गते एक भव्य समारोहका बीच उद्घाटन गरिएको हो।
शोरुमको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइटेलले संयुक्त रूपमा गरे।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको पनि उपस्थिति थियो।
उद्घाटनका क्रममा निर्देशक हिमांशु अग्रवालले तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको विश्वस्तरीय गुणस्तर र आधुनिक डिजाइनका टायल्स सहज रूपमा उपलब्ध गराउन यो शोरुम विस्तार गरिएको बताए।
नयाँ शोरुममा कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न आकर्षक डिजाइन र टेक्सचरहरू प्रत्यक्ष हेरेर छनोट गर्ने सुविधा रहेको छ।
नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरेको कजारियाले हालै ‘एनएस क्वालिटी अवार्ड २०२६’ र ‘सुपरब्रान्ड २०२५’ जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेको छ।
हाल नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल रहेको कजारियाले ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ।
जेठ ४, २०८३ सोमबार १०:००:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।