घरायसी विवादका कारण थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालाको मृत्यु, अभियुक्त पक्राउ
काठमाडौं : काठमाडौँको थानकोटमा घरायसी विवाद बढ्दै जाँदा भिनाजुको चक्कु प्रहारबाट सालाको मृत्यु भएको छ।
महोत्तरी घर भई हाल चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्दै आएका समी अहमद र उनका साला जाकिर मन्सुरीबीच गएराति घरायसी विषयमा विवाद भएको थियो। भनाभन बढ्दै गएपछि भिनाजु समीले साला जाकिरमाथि चक्कु प्रहार गरेका थिए। चक्कुको गम्भीर चोटका कारण मन्सुरीको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले घटनामा संलग्न अभियुक्त भिनाजु समी अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ ३, २०८३ आइतबार ११:३२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।