१० अंकले घट्यो नेप्से, ३ अर्ब २९ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से १०.०७ अंकले घटेर २७३० विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने बढेको छ। आज तीन अर्ब २९ करोडको कारोबार भयो। बुधबार दुई अर्ब ८० करोड रूपैयाँको कारोबार भएको थियो।
८० कम्पनीको मूल्य बढ्दा १७४को घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो। जीवन बीमा र व्यापारबाहेक सबै समूहका उपसूचक घटेका छन्।
जीवन बीमा ०.०१ र व्यापार ०.३२ प्रतिशत बढे। बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२ , माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ र अन्य समूह २.०० प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रीइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी मिल्स छन्।
वैशाख ३१, २०८३ बिहीबार १५:१४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।