हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा सम्बन्धी कारोबारमा बीमा प्राधिकरणले रोक लगायो

हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा सम्बन्धी कारोबारमा बीमा प्राधिकरणले रोक लगायो

काठमाडौं : नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ।

हिमालयनको अधिकांश सञ्चालकहरू सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा छानबिनको दायरामा तानिएपछि प्राधिकरणले बिहीबार सार्वजनिक सूचना नै जारी गरेर व्यवसायमा रोक लगाएको हो।

प्राधिकरणको सूचना अनुसार हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने काम यस अगाडि भएका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने काम बाहेक २०८२/०८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको उल्लेख छ।

प्राधिकरणले २०८३ वैशाख २९ को निर्णयबाट रोक लगाउन निर्णय गरेको हो। अहिले सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर, बीमा र सेयर कारोबार सम्बन्धी बदमासीमा संलग्न रहेको आरोपमा हिमालयनका दीपक भट्टसहितमाथि अनुसन्धान गरिरहेको छ।

उनीहरूले पब्लिक लिमिटेडको रकम दुरुपयोग गरेर सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको लगायतका विवरण सार्वजनिक भइसकेको छ। सो अनुसन्धानको प्रयोजनका लागि बीमाले पूनर्बीमा सम्बन्धी कारोबारमै रोक लगाएको हो।

वैशाख ३१, २०८३ बिहीबार १३:१४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।