नेप्से चार अंकले घट्यो, कारोबार रकम २ अर्ब ८० करोडमा खुम्चियो

नेप्से चार अंकले घट्यो, कारोबार रकम २ अर्ब ८० करोडमा खुम्चियो

काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले घटेको छ। मंगलबार ३९.४४ अंकले घटेको नेप्से आज ४.१५ अ‌ंकले घटेर २७४० विन्दुमा बन्द भएको छ। 

कारोबार रकम पनि घटेको छ। आज दुई अर्ब ८० करोडको कारोबार भयो। मंगलबार ४ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको थियो।

८२ कम्पनीको मूल्य बढ्दा १७६को घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।  उत्पादन तथा प्रशोधन र व्यापारबाहेक सबै समूहका उपसूचक घटेका छन्। 

व्यापार १.५० र उत्पादन तथा प्रशोधन ०.५२ प्रतिशत बढे।

बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, , माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१ र अन्य समूह ०.३०  प्रतिशत घटे।

एशियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशत बढ्यो। धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै ११.१७ प्रतिशत घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स छन्।

वैशाख ३०, २०८३ बुधबार १५:१२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।