३९ अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको भोलिपल्टै मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको हो।
नेप्से ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा बन्द भएको छ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। आज ४ अर्ब ६६ करोडको कारोबार भयो। सोमबार ४ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएको थियो।
१३ कम्पनीको मूल्य बढ्दा २५१ को घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। सबैजसो समूहका उपसूचक घटेका छन्।
बैंकिङ ०.८३, विकास बैंक १.३७, फाइनान्स २.०३, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर २.२२, लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन १.६५, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.७७, अन्य १.४९ र व्यापार २.३३ प्रतिशत घटे।
धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल छन्।
वैशाख २९, २०८३ मंगलबार १५:३७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।