दीर्घ सेवा गर्ने २६३ कर्मचारीलाई चौधरी ग्रुपद्वारा सम्मान
ललितपुर : नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुपले आफ्ना २६३ जना कर्मचारीहरूलाई 'दीर्घ सेवा सम्मान' प्रदान गरेको छ।
आइतबार ललितपुरको द प्लाजामा आयोजित ‘एम्प्लोयी सर्भिस माइलस्टोन रिकग्निसन प्रोग्राम’ मार्फत ग्रुपले १० र २० वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूलाई सम्मान गरेको हो।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निर्देशक सारिका चौधरीले कर्मचारीहरूलाई कदर पत्रसहित सम्मान प्रदान गरे।कार्यक्रममा ३ वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई पनि प्रशंसा पत्र दिइएको थियो।
सो अवसरमा प्रबन्ध निर्देशक निर्वाण चौधरीले कर्मचारीहरू नै संस्थाको वास्तविक शक्ति भएको बताउँदै उनीहरूको समर्पण र विश्वासकै कारण चौधरी ग्रुपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता पाएको उल्लेख गरे।
ग्रुपले कर्मचारीमैत्री कार्यसंस्कृति र उनीहरूको वृत्ति विकासलाई सधैँ प्राथमिकता दिने प्रतिबद्धतासमेत जनाएको छ।
वैशाख २८, २०८३ सोमबार १३:१०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।