मन्त्रिपरिषद्द्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत, आजै अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सम्बोधनको मस्यौदालाई स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई अनुमोदन गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले भने, "नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते
संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रावधान छ। सोही सम्बोधनलाई मन्त्रिपरिषद्ले आज औपचारिक रूपमा पारित गरेको हो।
आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकता, योजना र नयाँ कार्यक्रमहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो नीति तथा कार्यक्रमकै आधारमा आगामी जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्नेछ।
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ।
वैशाख २८, २०८३ सोमबार ११:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।