बर्लीका २२ मोडलका कूलर अब नेपालमा : १ नयाँ डेजर्ट र १ पर्सनल कूलर सार्वजनिक

बर्लीका २२ मोडलका कूलर अब नेपालमा : १ नयाँ डेजर्ट र १ पर्सनल कूलर सार्वजनिक

काठमाडौं : अन्तर्राष्ट्रिय ब्रान्ड बर्लीले नेपालमा थप दुई नयाँ एयर कूलर सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ५५ लिटरको ‘पोलो’ (डेजर्ट) र ४५ लिटरको ‘प्राइड’ (पर्सनल) कूलर बजारमा ल्याएको हो।

योसँगै २२ वटा विभिन्न मोडलका साथ बर्ली नेपालमै सबैभन्दा धेरै एयर कूलरको रेन्ज भएको ब्रान्ड बनेको छ।

यी कूलरहरूमा हानीकम प्याड, ४-तर्फी कुलिङ, आइस चेम्बर र इन्भर्टर सपोर्ट जस्ता अत्याधुनिक प्रविधि रहेका छन्।

देशभरका २१ वटा सिजी डिजिटल शोरुम र आधिकारिक बिक्रेतामार्फत यी उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

वैशाख २७, २०८३ आइतबार १२:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।