सुनको मूल्य तोलामा एक हजारले घट्दा चाँदी महंगियो

सुनको मूल्य तोलामा एक हजारले घट्दा चाँदी महंगियो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।

शुक्रबारको तुलनामा आइतबार  छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ।  शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य सामान्य बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार तीन सय रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

वैशाख २७, २०८३ आइतबार १०:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।