मानव अधिकार समितिद्वारा सुकुमवासी राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन

मानव अधिकार समितिद्वारा सुकुमवासी राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले काठमाडौंका नदी किनारबाट हटाइएका भूमिहीन तथा सुकुमवासीलाई राखिएका ‘होल्डिङ सेन्टर’हरूको अवलोकन सुरु गरेको छ।

गएको वैशाख १२ गतेदेखि बस्तीबाट स्थानान्तरण गरिएका नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

समितिकी सभापति समीक्षा बास्कोटाका अनुसार, शनिबार भक्तपुरस्थित विद्युत् प्राधिकरण र कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएका होल्डिङ सेन्टरको अनुगमन गरिएको छ भने अन्य स्थानमा पनि क्रमशः अवलोकन गरिनेछ।

समितिले ती केन्द्रहरूमा रहेका सेवा सुविधाको अवस्था, कमीकमजोरी र मानव अधिकारको पाटोबारे अध्ययन गरी सरकार तथा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिनेछ।

गरिब तथा सुकुमवासी समुदायमाथि सम्मानजनक व्यवहार हुनुपर्ने र उनीहरूको मानव अधिकारको रक्षा हुनुपर्नेमा समितिले जोड दिएको छ।

वैशाख २७, २०८३ आइतबार ०९:३७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।