नेपाली बजारमा 'रेडमी ए-सेभेन-प्रो' सार्वजनिक, मूल्य कति?

नेपाली बजारमा 'रेडमी ए-सेभेन-प्रो' सार्वजनिक, मूल्य कति?

काठमाडौं : शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन 'रेडमी ए-सेभेन-प्रो' सार्वजनिक गरेको छ।

शक्तिशाली ब्याट्री, ठूलो स्क्रिन र आकर्षक डिजाइनसहित आएको यो फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ, जसको मूल्य नेपाली बजारमा १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

६ हजार मिलि एम्पियरको शक्तिशाली ब्याट्री र १५ वाटको फास्ट चार्जिङ सपोर्ट। कम्पनीका अनुसार एकपटक फुल चार्ज गर्दा यसलाई करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ।

६.९ इन्चको ठूलो एचडी डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र घाममा पनि प्रस्ट देखिने ८०० निट्स ब्राइटनेस रहेको फोनमा पछाडि १३ मेगापिक्सेलको एआई डुअल क्यामेरा र अगाडि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा, जसमा उत्कृष्ट नाइट मोड सुविधा छ।

वेट टच टेक्नोलोजी २.० जडित फोनलाई पानी, तेल वा साबुन लागेको भिजेको हातले पनि सजिलै फोन चलाउन सकिन्छ भने अन्य सुविधाहरूमा २०० प्रतिशतसम्म भोल्युम बढाउन मिल्ने ‘भोल्युम बुस्ट’, २ टिभीसम्म बढाउन मिल्ने स्टोरेज सपोर्ट र २ वर्षको वारेन्टी रहेको छ।

१२एनएम प्रोसेसर र  साओमी हाइपरओएस ३ द्वारा सञ्चालित यो फोन सनसेट ओरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चारवटा आकर्षक रङमा उपलब्ध छ।

ग्राहकले यसलाई गेमिङ र मल्टिटास्किङका लागि सहज रूपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

वैशाख २६, २०८३ शनिबार ०७:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।